माओवादीसँग पार्टी एकता गर्ने भनेका माधव नेपालले फेरे बोली-Sutra News

माओवादीसँग पार्टी एकता गर्ने भनेका माधव नेपालले फेरे बोली

बिहिबार, १७ भाद्र २०७८

बिहिबार, १७ भाद्र २०७८

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसंग तत्काल पार्टी एकता नहुने बताएका छन् ।



बिहीबार सिंहदरबारस्थित संचारकर्मीसंग कुरा गर्दै नेपालले यस्तो बताएका हुन् ।

तर उनले केहीदिन अगाडी नयाँ पार्टी खोल्ने बित्तिकै नेकपा माओवादीसंग पार्टी एकता गर्ने बताएका थिए ।

उनले फागुन २८ गते एकतर्फी रुपमा गरिएको बैठक गलत ढङ्गबाट गरिएको भन्ने ओलीमा स्वीकारोक्ति नरहेकाले ओलीमा सुध्रिने कुनै लक्षण नरहेको बताए । उनले आफ्नो पार्टी माओवादी केन्द्रसँग गएर बिलिन हुन्छ भन्ने भ्रम फैलाइएको भन्दै आफ्नो पार्टी विद्रोह गरेर जन्मिएकाले त्यसको भ्रममा नपर्न समेत उहाँले आग्रह गरे ।

त्यस्तै उनले जनताको बहुदलीय जनवादलाई नछाडेको भन्दै यसलाई आत्मसात गरेर नयाँ ढङ्गबाट अघि बढ्ने जनाएका छन्  ।

संसद सचिवालयले संसदीय दलको कार्यालय उपलव्ध गराएपछि माधव नेपाल लगाएतका सांसदहरु बिहीबार कार्यालय पुगेका थिए । संघीय संसद सचिवालयका दलका नेता नेपालको र राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालको कार्यकक्षको व्यवस्था मिलाइदिएको छ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले भाद्र ९ गते मान्यता दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट