काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावल आफ्नै गृहजिल्ला अछाममा कमजोर देखिएका छन् । एमाले विभाजन भएपछि अधिंकाश नेताहरुले माधवकुमार नेपाल नेतृत्वको पार्टी ( नेकपा एकीकृत समाजवादी )रोजेपछि नेता रावल आफ्नै जिल्लामा कमजोर देखिएका हुन् ।
सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका अछामका शेरबहादुर कुँवर र प्रदेशसभा सदस्यहरू शंकर भण्डारी र बलबहादुर सोडारीले एकीकृत समाजवादी रोजेका छन् । यता प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले मात्रै रावललाई साथ दिएका छन् ।
एमाले विभाजन हुनुभन्दा अगाडी नेता रावल माधवकुमार नेपाल पक्षमा लागेका थिए तर एमाले विभाजन भइसकेपछि एमाले एकता भन्दै उनी एमालेमा नै बस्ने निर्णय गरेका थिए ।