पेट्रोलको मूल्य वृद्धि-Sutra News

पेट्रोलको मूल्य वृद्धि

बिहिबार, १७ भाद्र २०७८

बिहिबार, १७ भाद्र २०७८

काठमाडौं- राष्ट्रसंघले अफगानिस्तानमा एक महिनाभित्र खाद्य संकट निम्तिने चेतावनी दिएको छ । खाद्य अभावमा तीनमध्ये एक जना अफगानी भोकै हुने चेतावनी समेत राष्ट्रसंघले दिएको छ ।



दुई साताअघि काबुललाई कब्जा गरेको तालिबानले नयाँ सरकार गठनको तयारी गरिरहेका बेला राष्ट्रसंघको यस्तो चेतावनी आएको हो ।

‘मानवीय दृष्टिकोणबाट हेर्दा अफगानिस्तानको अवस्था निकै तनावपूर्ण देखिन्छ,’ अफगानिस्तानका लागि राष्ट्रसंघका मानवीय सहयोगसम्बन्धी संयोजक रमिज अलाकवारोभ भन्छन् । देशका आधाभन्दा बढी बालबालिका पर्याप्त खानेकुरा खानबाट वञ्चित भएको बताए ।

अफगानिस्तामा खानेकुराको मूल्य ५० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, पेट्रोलमा प्रति लिटरमा ७५ प्रतिशतसम्म वृद्धि भएको छ ।

दातृ सहयोग बन्द हुँदा अधिकांश सरकारी कार्यालय ठप्प छन् भने कर्मचारीले नियमित तलब पाउन सकेका छैनन् ।

तालिबानले अझै नयाँ सरकार गठन गर्न बाँकी छ र त्यसले अन्तर्राष्ट्रिय समर्थन पाउन मुस्किल छ । बुधबार मात्र तालिबानले आफूले कब्जामा लिएका सैन्य सामग्री प्रदर्शन गर्दै कन्दाहरमा परेड खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट