दिनेश गौतमको स्वरमा नयाँ गीत ‘लखर लखर’ [भिडियो]-Sutra News

दिनेश गौतमको स्वरमा नयाँ गीत ‘लखर लखर’ [भिडियो]

बिहिबार, १७ भाद्र २०७८

बिहिबार, १७ भाद्र २०७८

काठमाडौं- डान्सिङ बिटमा आधारित नयाँ गीत ‘लखर लखर’ सार्वजनिक भएको छ । दिनेश गौतमको स्वर रहेको गीतका शब्द राजीव थापा (राजश्री) ले लेखेका हुन् । पुस्तक प्रसादको संगीत रहेको छ ।



गीतमा महिला आवाज अनु सिंहको पछिल्लो भागमा समेटिएको छ । भारतीय अनुको यो पहिलो नेपाली गीत हो ।

देव धिमालको कोरियोग्राफी तथा निर्देशन रहेको भिडिओ राजश्री इन्टरटेनमेन्ट नेपाल युट्युब च्यानलमा अपलोड गरिएको छ ।

भिडिओमा विजय राज भुर्तेल रन्जिता विश्वकर्मा लगायत फिचर्ड छन् । गीत ‘लखर लखर’ ले दर्शकको मन जित्नेमा लेखक थापा विश्वस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट