काठमाडौं- सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को बिहीबार सरुवा गरेको छ ।
एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभागबाट मानस्रोत तथा प्रशासन विभाग प्रमुखमा,राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुख एआइजी प्रद्युम्न कार्कीलाई कार्य विभाग प्रमुखमा सरुवा गरिएको छ ।
एआईजी निरज शाहीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुखमा र एआईजी सहकुल थापालाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।
एआईजी हरिबहादुर पाललाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी प्रमुखकारूपमा थमौती गरिएको छ ।