फिल्म छायांकनका लागि नेपाल आउँदै अमिताभ-Sutra News

फिल्म छायांकनका लागि नेपाल आउँदै अमिताभ

शुक्रबार, १८ भाद्र २०७८

शुक्रबार, १८ भाद्र २०७८

काठमाडौं- नेपालमा बेलाबेला हलिउड-बलिउड फिल्मकाे छायांकन भइरहेकाे हुन्छ । पछिल्लो समय नेपालमा छायांकन भएको हलिउड फिल्म ‘एभरेष्ट’ हो ।



त्यसअघि बलिउड फिल्म ‘बेबी’ र हलिउड फिल्म ‘डाक्टर स्ट्रेन्ज’लाई नेपालसँग कथा जोडेर छायांकन गरिएको थियाे । नेपालमा ‘वेब सिरिज’को छायांकन हुने क्रम पनि बढ्दो छ ।

यसैबीच नेपालमा फिल्म छायांकन गर्न बलिउड अभिनेता अमिताभ बच्चन आउने भएका छन् । भारतीय मिडियामा उल्लेख भएअनुसार उनी ‘उचाईँ’ फिल्मको छायांकनका लागि नेपाल आउन लागेका हुन् ।

पारिवारिक कथा बनाउन माहिर मानिने सुरज बडजात्याले याे फिल्मकाे निर्देशन गर्ने छन् । मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसंगै अनुपम खेर , बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठी लगायतको अभिनय रहनेछ ।

राजश्रीको व्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउनेछन् । कोरोना भाइरसले सिर्जित अवस्थाको कारण नेपालमा फिल्मनगरी तंग्रिने तयारीमा रहेको अवस्थामा बलिउडको सुपर स्टार अमिताभ छायांकनका लागि आउन लागेका हुन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट