उत्तर कोरियामा भोकमरीले यस्तोसम्म भयो-Sutra News

उत्तर कोरियामा भोकमरीले यस्तोसम्म भयो

शुक्रबार, १८ भाद्र २०७८

शुक्रबार, १८ भाद्र २०७८

प्योङयाङ- भोकमरीको चपेटामा परेको उत्तर कोरियामा बालबालिका अपहरण गरी ठूलो मात्रामा फिरौती रकम लिने गरेका विवरण सार्वजनिक भएका छन् । जीविकोपार्जनका लागि गरिबले धनीका सन्तान अपहरण गरेर फिरौती लिने गरेका हुन् ।



पछिल्लो एक सातामा मात्र चार जना बच्चा अपहरित भएका छन् । गत साता उत्तरी प्योङयाङको सोङचोङ जिल्लामा खोला नजिकै खेलिरहेकी एक बालिका अपहरणमा परेकी थिइन् । उनलाई एक पुरुषले अपहरण गरी ठूलो फिरौरी रकम मागेको वासिंगटन पोस्टले जनाएको छ ।

पैसाको अभाबमा बालिका अपहरण गरेको अपहरणकारीले बताएका थिए । अपहरणकारीले पाँच लाख फिरौती मागेका थिए । त्यस्तै घटना याङडोक गाँउमा भएको थियो, जहाँ अपहरणकारीले एक १० वर्षीय बालकको अपहरण गरी ठूलो रकम मागेका थिए ।

अहिले पनि उत्तर कोरियाका कतिपय क्षेत्रमा खाद्यन्न अभाब हुँदा मानिसहरु भोकमरीमा परेका छन् । भोकमरीका कारण चोरी डकैती, अपहरण जस्ता सामाजिक विकृतिका कारण उत्तरले थप चुनौती सामना गरेको छ ।

सन् १९९० को दशकमा देखिएको खडेरीपछि भोकमरी हुँदा ३० लाख उत्तर कोरियालीले अकालमा ज्यान गुमाएका थिए । खडेरीका कारण त्यहाँको खाद्यन्न वितरण प्रणाली नै तहसनहस भएको थियो भने अन्य कम्युनिष्ट मुलुकहरुले पनि खाद्यन्न आपूर्ति रोकेका थिए ।

उत्तरमाथि अन्तर्राष्ट्रिय समुदायले कडा प्रतिबन्ध लगाउँदै आएको छ । कोभिडको कारण देखाउँदै उसले सन् २०२० को जनवरीदेखि सीमाना बन्द गर्दा त्यहाँको ठूलो जनसंख्या खाद्यन्न, औषधी, इन्धनलगायत अन्य दैनिक उपभोग्यबाट बन्चित छन् ।

कोभिड महामारी फैलिएमा त्यहाँको स्वास्थ्य प्रणाली नै तहसनहस हुने अनुमानमा उत्तरले आफ्ना छिमेकीसँगको नाका बन्द गरेको थियो ।

विज्ञहरुले उत्तरमा अहिलेसम्म कोभिड नदेखिएको भन्ने प्योङयाङको दाबीमा सत्यता नभएको बताउदै आएका छन् । अहिलेसम्म उत्तरमा कोभिड संक्रमित भेटिएका छैनन् । चीनबाट १३ सय ५२ किलोमिटर दूरी रहेको यस मुलुकमा बारम्बार तस्करी हुने गर्छ ।

संसारबाट अलग रहेको उत्तरमा जुनसुकै बेला कोभिडको महामारी फैलिन सक्ने त्यहाँका नेता किम जोङ उनले अनुमान गरेका छन् । उत्तरले अहिलेसम्म आफ्ना नागरिकलाई कोरोनाबिरुद्ध खोप लगाउन अनुमति दिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट