दर भनेको शुद्ध शाकाहारी खाना हो । जसमा ढकनी, तामाको तरकारी, काँक्राको अचार, अनदीको खाजा हुन्छ । दर तिजको अघिल्लो दिन परिवारका महिला सदस्यहरूले खाने मीठो-मिठो परिकार हो । दरकारूपमा चौरासी व्यञ्जन तयार गरिन्छ तर पनि ढकनीलाई दरबाट हटाउने हो भने त्यो दर हुनै सक्दैन । ढकनीलाई दरमा समावेश गर्न नबिर्सौं ।
१०-११ जनाका लागि कसरी बनाउने ढकनी ?
चाहिने सामग्री
-१ किलो चामललाई आधा घण्टासम्म भिजाउने र पानी तारी सुख्खा बनाउने
-घिउ ३०० ग्राम
-दुध ६ लिटर
-चिनी ४०० ग्राम
-ड्राई फ्रुट्स (काजु, बदाम, किसमिस, क्षुवारा-२५० ग्राम)
-ल्वाङ, सुकमेल, मरिच एवम् अलैंचीको जैफलको धूलो ।
पकाउने विधि
-कसौडीमा घिउ तताउने ।
-तताइएको घिउमा भिजाएको चामल हालेर सानो आँचमा भुट्ने ।
-खैरो भएपछि एकछिन सेलाउन दिने ।
-सेलाएपछि माथिबाट दूध हालेर सानो आँचमा पकाउने ।
-छोपेर चलाउने ।
-चामल राम्रोसँग पाकेपछि त्यसमा रहेको दूध सुक्न दिने र चिनी हालेर राम्रोसँग चलाउने ।
-त्यसपछि ड्राई फ्रुट्स हालेर चलाउने ।
-ल्वाङ, सुकमेल, मरिच एवं अलैंची जैफलको धूलो राख्ने ।
-केही समय ढकनाले छोपेर राख्ने ।
अब यो परिकार खानका लागि तयार भयो । घिरौलाको तरकारी, काँक्राको अचार, गाडेको तामाको अचार, भुटेको आलुसँग दरको आनन्द लिई नाचगान तथा शिवजीको आराधना गरौं ।