बागमती नदीमा शव भेटियो-Sutra News

बागमती नदीमा शव भेटियो

शुक्रबार, १८ भाद्र २०७८

शुक्रबार, १८ भाद्र २०७८

काठमाडौं- बागमती नदीमा एक युवकको शव भेटिएको छ । काठमाडौंको मिनभवन र कोटेश्वरको नजिक बागमती नदीको बीचमा आज बिहान शव भेटिएको हो ।



महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायव उपरीक्षक मिन लामाले शव काभ्रे सारदाबतासे-४ का ३८ वर्षीय विक्रम तामाङको भएको जानकारी दिए ।

बाहिरी शरीरमा चोटपटक केही नदेखिएको र छाती फुलेको अवस्थामा नदीको बीच भागमा शव भेटिएको लामाले बताए ।

उनको साथमा भेटिएको सवारी चालक अनुमति पत्रका आधारमा पहिचान भएको लामाले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको लामाले बताए । शव प्रहरीले नै देखेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट