सुर्खेत- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि कर्णालीका पाँच जिल्लाका तीन सय १८ वडामा आज शुक्रबार अधिवेशन हुँदैछ ।
कर्णालीका १० जिल्लामध्ये मुगु, जुम्ला, हुम्ला, दैलेख र जाजरकोटमा शुक्रबार अधिवेशन हुन लागेको हो ।
निर्वाचन कार्यतालिका अनुसार कर्णालीका १० जिल्लामध्ये सुर्खेत र डोल्पामा सदस्यता विवादका कारण अधिवशेन तोकिएको छैन ।
सल्यानमा २१, कालीकोट २२ र रुकुमपश्चिममा २३ भदाैमा वडा अधिवेशन हुने छ ।