काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफूले राष्ट्रपति बन्ने संकेत गरेका छन् । बिहीबार एक अनलाइनसँग कुरा गर्दै नेता खनालले यस्तो संकेत गरेका हुन् ।
भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेर फर्किएका नेता खनालले नेपाल आउनेबित्तिकै यस्तो संकेत गरेका हुन् । उनले भने,’ राजकीय पोस्टमा जानुहुन्न भन्दिनँ। सहभागी हुन सक्छु। देश र जनताको सेवा गर्न सकिन्छ ।’
उनले आफ्नो जीवनको बाँकी समयलाई कम्युनिष्ट आन्दोलनमा खर्च गर्ने बताए ।
उनी नेकपा एमाले विभाजन नहुँदै उपचारका लागि भारतको एपोलो अस्पताल भर्ना भएका थिए । यता नेकपा एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी बन्ने भएपछि उनले दिल्लीबाट नै सनाखत गरेका थिए ।