सभामुख र निर्वाचन आयोगविरुद्ध एमालेले दायर गरेकाे रिट खड्काकाे इजलासमा-Sutra News

सभामुख र निर्वाचन आयोगविरुद्ध एमालेले दायर गरेकाे रिट खड्काकाे इजलासमा

शुक्रबार, १८ भाद्र २०७८

शुक्रबार, १८ भाद्र २०७८

काठमाडौँ ।  नेकपा एमालेले निर्वाचन आयोग र सभामुख अग्नि प्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासमा मुद्दा सुनुवाइ गर्नेगरी पेसी तोकिएको अदालत स्रोतले जनाएको छ ।



नेकपा एमालेले केहीदिन अगाडी आफूले कारबाही गरेका सांसदहरुको कारबाही सूची सार्वजनिक नगरेको भन्दै सभामुख विरुद्ध रिट दायर गरेको थियो ।

त्यस्तै लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध रिट निवेदन दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट