आमा बन्ने मिति नजिकिएपछि ‘कमेडी च्याम्पियन–२’ बाट बिदा लिँदै ऋचा शर्मा-Sutra News

आमा बन्ने मिति नजिकिएपछि ‘कमेडी च्याम्पियन–२’ बाट बिदा लिँदै ऋचा शर्मा

शुक्रबार, १८ भाद्र २०७८

शुक्रबार, १८ भाद्र २०७८

काठमाडौँ । अभिनेत्री ऋचा शर्मा लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट बाहिरिएकी छन् ।



गर्भवती रहेकी ऋचा शर्मा आमा बन्ने मिति नजिकिएपछि उनले शो छोडेको बताइएको छ । उत्कृष्ट ३ प्रतियोगी छनौटसम्म निर्णायकको रुपमा रहेकी शर्मा फाइनल प्रतियोगितामा भने शोमा अब देखिने छैनन् ।

‘कमेडी च्याम्पियनको फाइनल अब दुई सातापछि हुनेछ । सो समय डाक्टरले दिएको मेरो आमा बन्ने डेट हो’ शर्माले भनिन् ।  

उनी बाहिरीसँगै निर्णायकको रुपमा सन्तोष पन्त, मनोज गजुरेल र प्रदिप भट्टराई रहने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट