काठमाडौँ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय ७० ग्राम सुनसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा डोल्पा ठूलो भेरी नगरपालिका–७ घर भएका ३३ वर्षीय विष्णुबहादुर शाही र स्याङ्जा पुतली बजार घर भएका ३८ वर्षीय भुपेन्द्र पौडेल रहेको बताइएको छ ।
लगेजभित्र इमरजेन्सी लाइटमा लुकाएर ल्याएको सुन बरामद भएको एक प्रहरीले जानकारी दिए ।
स्याङ्जाका भुपेन्द्र पौडेल विमानस्थलमा सुन लिन जाँदा पक्राउ परेका हुन् ।