व्यवसायीहरुलाई थप सहज बनाउने उद्देश्यका वेदान्त टेक्नोलोजी प्रालिले मोबाइल खाता एप सार्वजनिक गरेको छ ।
कम्पनीले हिजो बिहीबार हेटौँडामा पत्रकार सम्मेलनमार्फत मोबाइल खाता एप्लिकेशन सार्वजनिक गरेको हो । कम्पनीका निर्देशक भरत सापकोटाका अनुसार ‘मोबाइल हातमा, खाता साथमा’ भन्ने मुल नारासहित मोबाइल खाता बजारमा ल्याइएको हो ।
उक्त एप ५ हजारभन्दा बढीले डाउनलोड गरिसकेको र गरिएको र तीन हजार आठ सयभन्दा बढीले प्रयोग गरिरहेको बताइएको छ ।