देउवाको यो अडानले प्रचण्डसँग खटपट सुरु, गठबन्धनका नेताहरु तनावमा-Sutra News

देउवाको यो अडानले प्रचण्डसँग खटपट सुरु, गठबन्धनका नेताहरु तनावमा

शुक्रबार, १८ भाद्र २०७८

शुक्रबार, १८ भाद्र २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्ध चिसिंदै जान लागेको छ । नेपालको विदेशसम्बन्धी कुराहरुलाई प्रभाव पार्ने कुरामा दुवैबीच सहमति हुन नसकेपछि उनीहरुबीच खटपट हुन सुरु गरेको नेताहरुले बताएका छन् ।



पछिल्लो समय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा देउवा सकारात्मक देखिएका छन् । तर प्रचण्ड भने एमसीसी सम्झौता अनुमोदन गर्न नहुने पक्षमा रहेका छन् । एमसीसी पारित गर्न सहमतिका लागि देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नजिक हुन् खोजेपछि प्रचण्ड र देउवाबीचको सम्बन्धमा खटपट सुरु हुन थालेको स्रोतले बतायो ।

प्रचण्ड र देउवाबीचको भेटवार्ता आजकल खासै भएको छैन । तर योभन्दा पहिला प्रचण्ड दैनिक रुपमा नै बालुवाटार जाने गर्थे । एमसीसीमा पास गर्नुपर्ने देउवाको एकल अडानका कारण नै प्रचण्ड र देउवाबीचको सम्बन्द बिग्रने अवस्थामा रहेको हो ।

योभन्दा अगाडी सरकारले नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्दा देउवाले एमसीसीलाई प्राथमिकता दिएर राख्न खोजेका थिए तर प्रचण्डका कारण उनले त्यो निर्णयबाट पछाडी हटेको जानकारी गराएका थिए । 

उनीहरुको सम्बन्धलाई हेर्दा सत्ता गठबन्धनका नेताहरु पनि शसंकित बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट