प्रचण्डकी नातिनी हिन्दी गीत इबादतमा अर्जुनसँग रोमान्स गर्दै-Sutra News

प्रचण्डकी नातिनी हिन्दी गीत इबादतमा अर्जुनसँग रोमान्स गर्दै

शुक्रबार, १८ भाद्र २०७८

शुक्रबार, १८ भाद्र २०७८

काठमाडौँ । नेपाली गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् । भारतको प्रतिष्ठित कम्पनी टि-सिरिजको ‘पप चार्टबस्टर्स’ नामक यूट्युब च्यानलबाट शुक्रवार उनको आवाजमा रहेको हिन्दी गीत ‘इबादत बन गए हो’ सार्वजनिक भएको छ । गायनमा उनलाई ‘जलते दिए, हुँड हुँड दबंग, राधा नाचेगी’ जस्ता चर्चित गीतका गायक शबाब सबरीले साथ दिएका छन् ।



भिडियोलाई राजीव एस. रुयाले निर्देशन गरेका हुन् । उनले अहिलेसम्म २ सयभन्दा बढी भारतीय गीतको भिडियो निर्देशन गरिसकेका छन् ।

गीतको भिडियो पनि बनेको छ । जसमा गायिका स्मीताले भारतीय मोडल अर्जुन बिज्लानीसँग रोमान्स गरेकी छन् ।

गीतको भिडियोमा भारतको देहरादूनको मसुरी र उत्तराखण्डको ऋषिकेशको सुन्दरतालाई कैद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट