अध्ययनको निष्कर्ष : पत्नीसँग बहस गर्नै हुँदैन-Sutra News

अध्ययनको निष्कर्ष : पत्नीसँग बहस गर्नै हुँदैन

शुक्रबार, १८ भाद्र २०७८

शुक्रबार, १८ भाद्र २०७८

झूटो बोलेर त्यसलाई प्रतिरक्षा गर्नका लागि पत्नीसँग बहस गर्नु बेकार भएको एक नयाँ अध्ययनले देखाएको छ । 



महिलाले कुनै विशेष घटना वा वस्तुलाई पुरुषले भन्दा राम्रोसँग सम्झन सक्ने अध्ययनको दाबी छ । 

कुनै संवादका विशेष कुरा वा हराएको कुनै सामान कहाँ हुनसक्छ भन्ने कुरा महिलाले बढी राम्ररी सम्झिन सक्छन् किनकि उनीहरूको एपिसोडिक मेमोरी हुन्छ । 

एपिसोडिक मेमोरी भन्नाले गत साता के भएको थियो वा बिरालोलाई बिहान दूध दिएको हो कि हैन भनी सम्झन सक्ने शक्ति हो । 

यो अत्यन्तै संवेदनशील स्मरण प्रणाली हो र निद्राको अभाव, अवसाद वा उमेर बढ्दै जाँदा यसमा असर पर्न सक्छ । 

महिलाले पुरुषभन्दा बढी अनुहार सम्झने गन्ध लगायत इन्द्रियजन्य स्मरण गर्न सक्ने क्षमता राख्छन्, अध्ययनको निष्कर्ष छ । 

स्विडेनको कारोलिन्स्का इन्स्टिट्युटेटका मार्टिन एस्परहोमले अध्ययनको नेतृत्व गरेका हुन् । उनले भने, ‘एपिसोडिक मेमोरीका सन्दर्भमा महिला पुरुषभन्दा केही अघि छन् र के वस्तु सम्झनुपर्ने हो भन्ने विषयमा उक्त फाइदा निर्भर रहन्छ ।’

अनुसन्धान समूहले सन् १९७३ देखि २०१३ सम्म गरिएका ६१७ समूहमा गरिएको अध्ययनबाट निष्कर्ष निकालेका हुन् । उक्त अवधिमा १२ लाखभन्दा बढी मानिसमाथि अध्ययन गरिएको थियो । 

पुरुष र महिलाबीच ज्ञान तथा स्मरणका विषयमा भिन्नता सानो रहेको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ । तर आफूहरूको बृहद् अध्ययनले स्मरण र लिंगका सम्बन्धमा नयाँ प्रश्न जन्माउने आशा उनीहरूले गरेका छन् ।

एजेन्सी 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट