एकै श्रीमानका तीन श्रीमती मिलेर चौथो सौता खोजेपछि…-Sutra News

एकै श्रीमानका तीन श्रीमती मिलेर चौथो सौता खोजेपछि…

शुक्रबार, १८ भाद्र २०७८

शुक्रबार, १८ भाद्र २०७८

संसारको नियमअनुसार एक पुरुषले एक मात्र विवाह गर्नुपर्ने हुन्छ । आफ्नो जीवनलाई सहज ढंगबाट अगाडी बढाउनका लागि मात्र भएपनि एकजना मात्र विवाह गर्ने चलन छ ।



कहिलेकाहीं कोही मानिसहरुले बहुविवाह पनि गर्ने गर्छन् । त्यो उनीहरुले आफ्नो जीवनलाई कसरी लिएका छन् भन्ने कुरामा भर पर्छ ।

कुनै पनि श्रीमानको श्रीमतीहरुलाई सौता भन्नेबित्तिकै रिस कति उठ्छ होला ? यो सोंचेर सकिने कुरै होइन ।

तर पाकिस्तानमा एउटा अचम्मको घटना बाहिरिएको छ । जहान एकै पुरुषको श्रीमतीहरुले फेरी अर्को सौता खोज्न लागिपरेका छन् ।

हाल तीनै श्रीमती अदनाकै साथमा बस्छिन् । एक स्थानीयले उनीबारे समाचार छापेपछि अहिले विदेशमा समेत अदनानको चर्चा भएको छ । 

अदनानले पहिलो बिहे १६ वर्षको उमेरमा गरेका थिए । दोस्रो श्रीमतीसँग २० वर्षमा र अर्कीसँग २१ वर्षको उमेरमा बिहे गरेका हुन् । अदनानकी श्रमितीहरुको नाम शुंभाल, शुबाना र शाहिदा हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट