काठमाडौँ । प्रगतिशील पेशागत कानुन व्यवसायी संघ (पीपीएलए)को भेलामा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । पीपीएलएको भेलाका सन्दर्भको विषयलाई लिएर विभिन्न टिकाटिप्पणीहरु आउन थालेपछि ओली सहभागी नभएको बताइएको छ ।
ललितपुरको च्यासलमा शुक्रबार दुई बजे सुरु हुने गरी बोलाइएको भेलामा ओलीलाई प्रमुख अथितिका रुपमा आमन्त्रण गरिएको थियो ।
यता पीपीएलएका इन्चार्ज रहेका एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले आजको भेला रोक्न आग्रह गरेका थिए ।