एमालेको दुखेसो- सर्वोच्च अदालतले प्रतिपक्ष बनाइदियो : आगामी चुनावमा बहुमत आउनेमा ढुक्क-Sutra News

एमालेको दुखेसो- सर्वोच्च अदालतले प्रतिपक्ष बनाइदियो : आगामी चुनावमा बहुमत आउनेमा ढुक्क

शुक्रबार, १८ भाद्र २०७८

शुक्रबार, १८ भाद्र २०७८

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने दाबी गरेका छन् । 



उनले आफूहरु परमादेशबाट प्रतिपक्षको भूमिकामा पुगेको भन्दै आगामी निर्वाचनमा आफूहरु बहुमतका साथ सरकारमा जाने निश्चित भएको दाबी गरे ।

ललितपुर जिल्ला कमिटीले शुक्रबार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ज्ञवालीले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘ठिक छ, परमादेशबाट हामीलाई हटाइएको छ। जनादेशबाट फेरि फर्कने छौं ।’

ज्ञवालीले माधव नेपाल नेतृत्वको पार्टीमा गएका एमालेका नेताहरुलाई एमालेमा नै फर्किन आग्रह गरेका छन् । उनले नेताहरुले गलत बाटो रोजेर एकीकृत समाजवादी पार्टीमा गएको भन्दै एमालेमा नै फर्किन आग्रह गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले देश र जनताका लागि नभएर बिदेशीको इशारामा काम गरेको आरोपसमेत लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट