काठमाडौँ । प्रदेश २ मा माधवकुमार नेपाल नेतृत्वको पार्टी ( नेकपा एकीकृत समाजवादी ) संसदमा एमालेभन्दा ठुलो दल बनेको छ ।
एमाले विभाजन हुनुअगावै २१ सांसद रहेका प्रदेश २ मा हालसम्म १० सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन् भने दिल्लीमा उपचाररत सांसद डिल्लीप्रसाद उप्रेतीले राजदूतावासमार्फत् चिठी पठाएर समाजवादीका पक्षमा सनाखत गरेका थिए । २१ सांसद मध्ये ११ जनाले समाजवादी रोजेपछि संसदमा एमालेभन्दा समाजवादी पार्टी ठुलो दल बनेको हो ।
सांसदहरू शत्रुधन महतो, मञ्जु यादव, चन्द्रसेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादवले एकीकृत समाजवादी रोजेका छन् ।