काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् ।
गौतमले शुक्रबार साँझ थापाथलीस्थित एमाले केन्द्रीय कार्यालय एमालेका सबै पदबाट राजीनामा दिएका हुन् ।
उनले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएर फर्केका हुन् । गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले उपाध्यक्ष गौतमले पार्टी कार्यालयमा राजीनामा बुझाएको पुष्टि गरे ।
उनले बिहीबार माधव नेपालसँगको भेटमा जनताको बहुदलीय जनवाद पार्टीको मार्गदर्शक सिद्धान्त बन्नुपर्ने अडान राखेका थिए ।
गौतम नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जाने बताइएको छ । एमालेमा नेपाल र केपी ओली पक्षबीच विवाद चुलिदै गएपछि गौतमले एकताका लागि प्रयास गर्दै आएका थिए ।