विश्व इतिहासमा आजकै दिन भएका थिए यस्ता घटना-Sutra News

विश्व इतिहासमा आजकै दिन भएका थिए यस्ता घटना

शनिबार, १९ भाद्र २०७८

शनिबार, १९ भाद्र २०७८

आज ४ सेप्टेम्बर । विश्व इतिहासमा आज विभिन्न राजनीतिक तथा सामाजिक घटना भएका थिए । आज विश्वप्रसिद्ध सर्च इन्जिन गुगलको स्थापनादेखि अमेरिकी अश्वेत लेखक रिचार्ड राइटको जन्म भएको थियो ।



गुगलको स्थापना

सन् १९९८ मा विश्वप्रसिद्ध सर्च इन्जिन गुगलको स्थापना भएको थियो । नयाँ सूचना खोजीको पर्याय बनेको इन्टरनेट कम्पनी गुगललाइ ल्यारी पेज र सर्जी व्रिनले विश्वव्यापी वेबको रुपमा पहिलो पटक विकसित गरेका थिए ।  पेज र ब्रिन स्टानफोर्ड युनिर्भसिटीमा विद्यार्थी हुँदा गुगललालाई अनुसन्धान परियोजनाको रुपमा प्रयोग गरिएको थियो ।

नेपोलियन तृतीयको सत्ताबाट पलायन

सन् १८७० मा नेपोलियन तृतीय फ्रान्सको सत्ताबाट हटेका थिए । फ्रान्सका पहिलो निर्वाचित राष्ट्रपति नेपोलियनले सन् १८५२ मा सम्राटको पदवी लिएका थिए । फ्रान्स र पर्सियाको युद्धमा फ्रान्सको हारपछि नेपोलियनको सत्ता पलायन यात्रा सुरु भएको थियो । सत्ताच्युत भएपछि बेलायत निर्वासनमा रहेका उनको १८७३ को ९ जनवरीमा मृत्यु भएको थियो ।

मदर टेरेसा सन्त घोषित

गरिबका लागि जीवन अर्पण गरेकी मदर टेरेसालाई सन् २०१६ को सेप्टेम्बर ४ मा भ्याटिकन सिटीमा आयोजित एक समारोहमा ‘सन्त’ घोषणा गरिएको थियो । सेन्ट पिटर स्क्वायरमा दशौं हजार श्रद्धालुका अगाडि पोप फ्रान्सिसले उनलाई सन्त घोषणा गरेका थिए । सन् १९७९ शान्तितर्फको नोबेल शान्ति पुरस्कार विजेता टेरेसाको जन्म सन् १९१० को २६ अगस्टमा म्यासेडोनियामा भएको थियो ।

रिचार्ड राइटको जन्म

आजकै दिन अर्थात १९०८ को ४ सेप्टेम्बरमा अफ्रिकी मुलका अमेरिकी लेखक रिचार्ड राइटको मिसिसिपीमा जन्म भएको थियो । उपन्यासकार तथा कथाकार राइटले अमेरिकामा अश्वेतमाथि गोराले गर्ने व्यावहारको लेखनमार्फत चर्को बिरोध गर्थे । नटिभ सन र ब्ल्याक ब्वाई उनका महत्वपूर्ण कृति हुन् ।
 
कोडाकको स्थापना

सन् १८८८ मा छापा तथा तस्बिरसम्बन्धी कम्पनी कोडाक स्थापना भएको थियो । आजकै दिन इस्टम्यानले रोल फिल्म क्यामेराको कपिराइट पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट