नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अनावश्यक रुपमा चीनसंग सीमा विवाद देखाउन खोजेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै ओलीले चीन र नेपालबीच कुनै सीमा विवाद नरहेको उल्लेख गर्दै सरकारलाई यस्तो आरोप लगाएका हुन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल र चीनबीचमा भएको सिमा समस्यालाई देखाउन चुनौतीसमेत दिए । सरकारले कसैको स्वार्थ पुरा गर्नका लागि चीनसँग सिमा विवाद देखाउन खोजेको आरोप लगाएका हुन् ।
‘कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद छ भनेर समिति बनाउन पर्यो रे ?’ उनले भने ।
त्यस्तै ओलीले एमाले विभाजन नभएको तर केही बिग्रीएका मानिसहरु अर्को गुटमा गएको आरोप लगाए ।
सत्ता गठबन्धनको कुनै पनि नीति तथा कार्यक्रमहरु नभएको पनि उनले बताएका छन् ।