काठमाडौँ । सरकारले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिमक्ष सिफारिस गरेको छ ।
आज शनिबार बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटा र प्रधानमन्त्री शेरबहादुर देउवाले संसद अधिवेशन बोलाउने विषयमा छलफल गरेपछि सरकारले यस्तो निर्णय गरेको हो ।
संसदको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने प्रचलन छ । यसअघि सरकारले साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेको थियो ।