चीनको एक कारखनामा आगलागी, छ जनाको मृत्यु-Sutra News

चीनको एक कारखनामा आगलागी, छ जनाको मृत्यु

शनिबार, १९ भाद्र २०७८

शनिबार, १९ भाद्र २०७८

चीन- पूर्वी चीनको एक कारखानामा शुक्रबार साँझ भएको आगलागीमा परेर छ जनाको ज्यान गएको छ ।



स्थानीय सञ्चारमाध्यमले सो आगलागीमा परेर छ जनाको ज्यान गएको र अरु केही घाइते भएका बताएका छन् ।

पूर्वीचीनको जेङ चियाङ प्रान्तमा रहेको एक कारखानामा सो दुर्घटना भएको समाचारमा जनाइएको छ । शुक्रबार अपराह्न ४ बजे सो दुर्घटना भएको स्थानीय अधिकारीले जनाएका छन् ।

कारखानामा आगलागी भएपछि यसका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो आगलागीको कारण भने थाहा हुन नसकेको र यस विषयमा अनुसन्धान जारी रहेको अधिकारीले जानकारी दिएका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट