जनकपुरधाम- राजर्षि जनक विश्वविद्यालयका शिक्षक तीन सातादेखि आन्दाेलनमा छन् । करारमा नियुक्तिको माग गर्दै आन्दाेलन थालेका उनीहरूले संघर्षका कार्यक्रम झन कडा बनाउने चेतावनी दिएका छन् ।
२४ साउनबाट आन्दोलनमा रहेका शिक्षकले ८ भदौबाट पठन-पाठन बन्द गरेर विश्व विद्यालयको मूल गेटमा धर्ना दिँदै आएका छन् ।
विश्व विद्यालयको स्थापनाकालदेखि ‘कोर्स कन्ट्रयाक्ट’मा काम गरेका ३५ शिक्षकले करामा नियुक्ति पाउनुपर्ने माग गर्दै आएका छन् ।
त्यतिखेर करारमा नियुक्तिकाे आश्वासन दिइए पनि नियुक्तिको प्रक्रिया सुरु नभएकाे विश्वविद्यालयको पेपर कोर्स कन्ट्रयाक शिक्षक संघका अध्यक्ष दिलीप यादवले बताए ।
विश्वविद्यालयका भिसी डा.भारत झाले विश्वविद्यालयको नियमावलीमा करारमा शिक्षक नियुक्ति गर्ने व्यवस्था नरहेको बताए ।
‘विश्वविद्यालयमा पेपर कन्ट्रयाक्टमा अधिकाशं शिक्षक राख्ने चलन छ,’ उनले भने, ‘करारमा शिक्षक राख्दैनन्, नियमावलीमै नभएपछि कसरी करारमा नियुक्ति दिनु ?’