यौन क्षमता बढाउन अनार प्रभावकारी-Sutra News

यौन क्षमता बढाउन अनार प्रभावकारी

आइतबार, २० भाद्र २०७८

आइतबार, २० भाद्र २०७८

अनारमा विभिन्न पोषक तत्व हुन्छन् । अनारको सेवन रोगमा मात्र उपयोगी छैन, यौन जीवन प्रभावकारी बनाउन पनि राम्रो मानिन्छ । दैनिक अनारको जुस सेवन गर्नेहरुमा यौन जीवन सन्तुष्ट रहने गर्दछ भन्दा फरक नपर्ला । अनारको जुसले भियाग्राको काम गर्दछ ।



एडिनबरास्थित क्विन मार्गारेट विश्वविद्यालयमा गरिएको अध्ययनअनुसार २१ वर्षदेखि ६४ वर्षसम्मका महिला र पुरुष गरी ५८ जनामा गरीएको अनुसन्धानमा अनारको जुस पिउनेहरुमा यौन क्षमता बढेको पाइएको थियो । अनारको जुस पिउँदा उनीहरुको टेस्टास्टेरोन हार्मोनको स्तरमा वृद्धि भएको पाइएको थियो ।

टेस्टास्टेरोन मुख्यतः पुरुष हार्मोन हो, जो युवकहरुमा यौन सम्बन्धी विकासकालागि जिम्मेवार हुन्छ । यो हार्मोन आंशिकरूपमा युवतीहरुमा समेत पाइन्छ । यसले उनीहरुको एड्रिनल ग्लान्ड र पाठेघरमा प्रभाव पार्ने गर्छ । साथै, उनीहरुको हाड र मांसपेशीलाई बलियो बनाउँछ ।

अनुसन्धानअनुसार, टेस्टास्टेरोन हर्मोन पुरुष र महिलामा यौनेच्छा जगाउन, तनावको स्तर घटाउन, राम्रो मुड बनाउन, स्मरण शक्ति बलियो पार्न र रोग प्रतिरोधी क्षमता बढाउन समेत सहयोगी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट