गर्भवती र सुत्केरीलाई दिएको चनामा किरा-Sutra News

गर्भवती र सुत्केरीलाई दिएको चनामा किरा

आइतबार, २० भाद्र २०७८

आइतबार, २० भाद्र २०७८

उदयपुर- उदयपुरको कटारी नगरपालिकाले गर्भवती तथा सुत्केरीलाई वितरण गरेको पोषणयुक्त चनामा किरा भेटिएको छ ।



बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत कटारी-८ मा वितरण गरिएको चनामा किरा भेटिएको हो ।

चनामा किरा भेटिएपछि उपमेयर भीमकुमारी राउतले विज्ञप्ति जारी गरेर चना नखान आग्रह गरेकी छन् । उक्त चना नगरपालिकाले फिर्ता लग्ने उनले बताइन् ।

कटारी-१२ मा बिहीबार र ८ मा शुक्रबार चना बाँडिएको थियो । १२ को विवरण भने नगरपालिकाले प्राप्त गरिसकेको छैन । चना गत वर्ष नै प्याकिङ गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट