तालिबान लडाकूले आत्मसर्मपण गरे-Sutra News

तालिबान लडाकूले आत्मसर्मपण गरे

आइतबार, २० भाद्र २०७८

आइतबार, २० भाद्र २०७८

काबुल- अफगानिस्तानको उत्तर पूर्वी प्रान्त पन्जशिरमा झण्डै ६ सय तालिबान लडाकू मारिएको नेनसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) ले दाबी गरेको छ ।



पन्जशिरमा तालिबान लडाकू र फ्रन्टका सेनाबीच बिगत तीन दिनदेखि भीषण युद्ध भइरहेको छ । ‘पन्जशिरका विभिन्न जिल्लामा गरी करिब ६ सय तालिबान अतिवादी मारिएका छन् ।

त्यस्तै, एक हजार भन्दा बढी लडाकूले आत्मसर्मपण गरेका छन्,’ रेसिस्टन्स फ्रन्टका प्रवत्ता फहिम दास्तीले ट्विट गरेका छन् ।

तालिबानलाई अन्य प्रान्तबाट सामान आपूर्ती गर्न कठिनाइ भएको समेत दास्तीले दाबी गरेका छन् ।

यसैबीच, पन्जशिरका विभिन्न स्थानमा भूमिगत बिस्फोटक पर्दाथ बिच्छाइएकोले फ्रन्टबिरुद्ध तालिवानले आक्रमक हमला गर्न नसकेको समाचार विवरणमा जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट