काठमाडौं- नेपाली हिन्दू नारीहरुको महान् चाड तिज आउन केही दिनमात्रै बाँकी छ । तर, दर खान भने सुरु भइसकेको छ ।
दर खाँदा विषेश ध्यान पुर्याउनुपर्छ । दरको नाममा अस्वस्थकर खाना खाएमा व्रत र नाचगान होइन, उठ्नै नसक्ने गरी बिरामी पर्ने खतरा हुन्छ ।
त्यसैले दर खादा स्वास्थ्य र स्वस्थकरमा विशेषज्ञ ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् ।
दरमा के खाने ?
-दरमा धेरै चिल्लो पदार्थ प्रयोग गर्नुहुँदैन,
-दर आफ्नो शरीरलाई चाहिने मात्रै खानुपर्छ,
-दरमा विभिन्न परिकारसँगै सलादको मात्रा पनि धेरै राख्नुपर्छ,
-सामुहिकरुपमा दर खाँदा फुड पोइजन हुनसक्ने भएकाले सचेत हुनुपर्छ,
-दरसँग अल्कोहल पीउनु हुँदैन ।