राष्ट्रिय योजना आयोगमा नियुक्तिमा कांग्रेसभन्दा बढी आरजु देउवा हावी हुन थालेको चर्चा छ । योजना आयोगको उपाध्यक्षदेखि सदस्य नियुक्तिसम्म पनि आरजु म्याडम हावी भएपछि कांग्रेसभित्र असन्तुष्टी पनि बढ्न थालेको कांग्रेसकै एक नेताले बताए । देउवाको कोटरीभित्र रहेका महामन्त्री पूर्णबहादुर खड्का पनि अहिले असन्तुष्ट बन्न थालेका छन् र विश्वप्रकाश शर्मा बोल्नै छाडेका छन् ।
राष्ट्रिय योजना आयोगमा प्रधानमन्त्री देउवाले चाहेको भए शंकर शर्मालाई बनाउथे । स्राेत भन्छ, शर्मालाई अमेरिकाबाट बोलाएर देउवाले काठमाडौंमा ओरालिसकेका थिए । योजना आयोगको उपाध्यक्ष जसरी पनि हुनुप¥यो भनेर शर्मालाई प्रधानमन्त्री देउवाले बोलाए तर काठमाडौं आएपुगे लगत्तै आरजुको दबाबमा विश्व पौडेललाई नियुक्त गरिएकाे स्राेत बताउछ ।
शर्मालाई उपाध्यक्ष बनाएर पौडेललाई सदस्य बनाउने भनिएको थियो । पौडेलसँग आरजुको व्यापारिक साझेदारी रहँदै आएकाे छ । उनीहरुले युलियन्स कलेजमा संयुक्त लगानी गरेका छन् । र, सञ्चालनक समितिमा पनि रहेका छन् । त्यही सम्बन्धले आरजु जसरी पनि पौडेललाई राष्ट्रिय योजना आयोगमा लैजान चाहन्थिन र उनी सफल पनि भइन् । अहिले फेरि अर्को सदस्य पनि आरजुले आफ्नै मान्छे लगेकी छिन् ।
महिला अधिकारकर्मीको रुपमा चिनिने सलोनी सिंह प्रधानलाई आरजुले नै सदस्य बनाएको कांग्रेस स्रोत बताउछ । पहिला योजना आयोगमा जाने व्यक्तिले पिएचडी गरेकै हुनुपर्छ भनेर कांग्रेसले अनौपचारिक मापदण्ड बनाएको थियो ।
त्यसले गर्दा धेरै जना दौडबाट बाहिरिएका थिए । तर, अहिले आरजुले आफ्नो मान्छे लैजादा भने पिएचडी पनि हरायो । कांग्रेस भनिने खाँटी कांग्रेस र विज्ञहरु पनि पाखा पारिए । त्यसैले अहिले राष्ट्रिय योजना आयोग आरजुको आयोगजस्तो भएको भन्दै कांग्रेसमा चर्चा हुन थालेको छ । साघुंन्यूज