काठमाडौँ । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा महासचिवको जिम्मेवारी स्थायी कमिटी सदस्य बेदुराम भुसालले पाएका छन् ।
हालसालै बसेको स्थायी कमिटीको बैठकले भुसाललाई महासचिवको जिम्मेवारी दिएको हो ।
स्थायी कमिटीमा नेपाल वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रमेश हमाल छन् । केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नभएसम्मका लागि गठन गरिएको अन्तरिम स्थायी कमिटी सदस्य भुसालले भने सचिवालय संयोजकको जिम्मेवारी पाएका
समाजवादीको प्रचार विभाग प्रमुखको जिम्मेवारी जगन्नाथ खतिवडाले पाएका छन् भने प्रवास इन्चार्जको जिम्मेवारी श्रीप्रसाद साहले पाएका छन् । खतिवडा अनेरास्ववियुका पूर्व महासचिवसमेत हुन् ।
एसले बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, जयन्ती राई र जीवनराम श्रेष्ठको नेतृत्वमा सचिवालय समेत गठन गरिसकेको छ ।
घनेन्द्र बस्नेतलाई प्रदेश १ को इञ्चार्जकको जिम्मेवारी दिइएको छ । त्यसैगरी प्रदेश २ मा धर्मनाथ साह, बागमती प्रदेशमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णालीमा प्रकाश ज्वाला इञ्चार्ज नियुक्त भएका छन् ।