प्रधानन्यायाधीशले आज पनि हेरेनन् सभामुख र निर्वाचन आयोगविरूद्ध एमालेले दायर गरेको रिट-Sutra News

प्रधानन्यायाधीशले आज पनि हेरेनन् सभामुख र निर्वाचन आयोगविरूद्ध एमालेले दायर गरेको रिट

आइतबार, २० भाद्र २०७८

आइतबार, २० भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिट निवेदन आज आइतबार पनि हेर्न नभ्याउने सूचीमा राखिएको छ । उक्त रिटमा सुनुवाइ गर्न आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा पेसी तोकिएको थियो ।



बुधबार सर्वोच्च अदालतमा एमालेले निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध रिट निवेदन दर्ता गरेको थियो ।

रिट निवेदनमा निर्वाचन आयोगले अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन सहयोग गरेको भन्दै एमालेका तर्फबाट अन्तरिम आदेश माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट