बामदेव नेकपा एसमा जाँदै, पत्नी तुलसा भने एमालेमा नै रहने-Sutra News

बामदेव नेकपा एसमा जाँदै, पत्नी तुलसा भने एमालेमा नै रहने

आइतबार, २० भाद्र २०७८

आइतबार, २० भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रहेका वामदेव गौतमले एमालेबाट साथै सम्पूर्ण पदबाट राजीनामा दिएपछि उनी दोस्रोपटक एमालेबाट छुट्टिएका छन् । उनी माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टी नेकपा एसमा जाने तयारी गरिरहेका छन् ।



उनले शुक्रबार एमालेबाट राजीनामा दिने घोषणा गरेका थिए । नेता गौतम एसमा जाने तयारी गरेको भएतापनि उनको पत्नी तुलसा थापा भने एमालेमा नै रहने बुझिएको छ ।

स्रोतका अनुसार गौतम केहीदिनमा नै नेकपा एसमा प्रवेश हुँदैछन् । २०५४ सालमा एमाले विभाजनमा मुख्य भूमिका खेलेका नेता गौतम नयाँ पार्टीमा महासचिवको रुपमा काम गरेका थिए ।

एमाले फुटाउन माधवकुमार नेपाललाई उक्साएका नेताहरु भने एमालेमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट