पाण्डेले भने- मिश्रले कारबाहीको चेतावनी दिनु हास्यास्पद छ-Sutra News

पाण्डेले भने- मिश्रले कारबाहीको चेतावनी दिनु हास्यास्पद छ

आइतबार, २० भाद्र २०७८

आइतबार, २० भाद्र २०७८

काठमाडौँ ।  विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले नेताहरुलाई विभिन्न आरोप लगाउँदै कारबाहीको चेतावनी दिनु हास्यास्पद भएको बताएका छन् । आइतबार एक वक्तब्य राजी गर्दै नेता पाण्डेले यस्तो बताएका हुन् ।



‘रवीन्द्रजीले पार्टीको मूल बाटोमा रहेका नेताहरूलाई विभिन्न आरोप लाउँदै कारबाही गर्ने चेतावनी दिनुभएको छ। यो हास्यास्पद छ। पार्टीको विधान र घोषणापत्रमा टेकेर गरिने कुनै पनि गतिविधि समानान्तर गतिविधि होइनन्।’ विज्ञप्तिमार्फत उनले भनेका छन् ।

उनले पछिल्ला राजनीतिक घटनाक्रमहरुले पार्टी सदस्यहरू र शुभेच्छुकहरूलाई पनि चिन्तित बनाएको आफूहरुलाई महसुस भएको उल्लेख गरेका छन् । त्यस्तै उनले सम्पूर्ण पार्टी नेतृत्वहरुलाई समेत जिम्मेवार बन्न, पार्टीको उत्पन्न गतिरोध अन्त्य गरेर पार्टी एकीकरण जोगाउन अग्रसरता लिन अनुरोधसमेत गरेका छन् ।

Bibekshil-Sajha-Statement.jpgBibekshil-Sajha-Statement1.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट