ओखलढुंगा- ओखलढुंगामा आइतबारसम्म स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिमध्ये एक जनाले मात्र नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । आइतबार लिखु गाउँपालिकाका कार्यपालिका सदस्यमा एमालेबाट निर्वाचित मावर सुनुवारले एकीकृत समाजवादी रोजेका हुन् ।
उनी नेकपा एमालेका जिल्ला कमिटी ओखलढुंगाका सचिवालय सदस्य हुन् । माधव नेपाल समूहको उनी जिल्ला कमिटीमा उप सचिवसमेत थिए । ओखलढुंगास्थित जिल्ला निर्वाचन कार्यालय पुगेर उनले एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन् ।
उनले भने,‘ मा ओखलढुंगामा समाजवादी रोज्ने म नै पहिलो जनप्रतिनिधि हो । मंगलबारसम्म समय ६ साथीहरू अरु पनि थपिनुहुन्छ ।’ पार्टीमा सनाखत गर्न सुनुवार कानुनी पृष्ठभूमिका नेता मेखबहादुर खड्का र अखिल फोर्सका जिल्ला संयोजक किसान खत्रीले लिएर निर्वाचन कार्यालय पुगेका थिए ।
नेकपा एमाले विभाजन भएर नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टी विभाजन भएर लोकतान्तिक समाजवादी पार्टी गठन भएपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूलाई दल रोज्नका लागि २२ भदौसम्मको समय दिएको छ ।
ओखलढुंगामा एमाले केन्द्रिय सदस्य तथा सांसद यज्ञराज सुनुवारको प्रभावसमेत भएको जिल्ला भएकाले नयाँ पार्टी रोज्ने जनप्रतिनिधि न्यून हुने देखिएको छ ।