तालिबानले गरे गर्भवती प्रहरीको हत्या-Sutra News

तालिबानले गरे गर्भवती प्रहरीको हत्या

सोमबार, २१ भाद्र २०७८

सोमबार, २१ भाद्र २०७८

काबुल- अफगानिस्तानमा तालिबान लडाकूले एक गर्भवती प्रहरी अधिकारीको गोली हानी हत्या गरेका छन् । अफगानिस्तानमा महिलाहरू विरुद्ध बढ्दो हिंसाका खबरबीच पछिल्लो हत्या सार्वजनिक भएको छ ।



मध्ये घोर प्रान्तको राजधानी सहर फिरोजकोहमा घरमै पुगेर बानु नेगार नाम गरेकी ती महिलाको तालिबान लडाूकले हत्या गरेका हुन् । आफन्तकै अगाडि महिलाको हत्या भएको जनाइएको छ ।

एउटा स्थानीय जेलमा काम गर्ने नेगार आठ महिनाकी गर्भवती थिइन् । शनिबार तीन जना बन्दूकधारी उनी बसेको घरमा पुगेका थिए । आक्रमणकारीले अरबी भाषा बोलेको साक्षीले बताएका छन् ।

नेगारलाइ तालिबानले शनिबार श्रीमान र सन्तानकै अगाडि नैे कुटेर हत्या गरेका थिए । आफन्तले हत्या गरिएको कोठाको भित्तामा लतपतिएको रगतको टाटाको तस्बिर सार्वजनिक गरेका छन् । 

नेगारको हत्यामा आफ्ना लडाकूहरुको संलग्नता नभएको र त्यसबारे अनुसन्धान भइरहेको तलिबानले जनाएको छ । तालिबान प्रवत्ता जाबिउल्लाह मुजहिदले भने, ‘घटनाबारे हाम्रो चासो बढेको छ । उनको हत्यामा तालिबानको संलग्नता नरहेको म प्रष्ट गर्न चाहन्छु । यसबारे अनुसन्धान भइरहको छ । ’

पूर्वअफगान सरकारमा काम गर्ने सबैजनालाई आम माफी दिइसकेको उल्लेख गर्दै उनले नेगारको हत्याको कारण व्यक्तिगत दुस्मनी हुन सक्ने बताए ।

१५ अगस्टमा काबुल कब्जामा लिएपछि तालिबानले महिलाप्रति केही सहिष्णु बन्ने घोषणा गरे पनि उनीहरुका गतिविधि झनै पाशविक देखिएको छ  । लडाकूले महिला हत्याका घटना र अल्पसंख्यकमाथिको दमन बढेको बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट