किन आन्दोलित छन् भारतीय किसान ?-Sutra News

किन आन्दोलित छन् भारतीय किसान ?

सोमबार, २१ भाद्र २०७८

सोमबार, २१ भाद्र २०७८

उत्तर प्रदेश- सरकारले हालै ल्याएको नयाँ कृषि नीतिको बिरोधमा लाखौं कृषकले उत्तर प्रदेशमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा झन्डै पाँच लाख किसानको सहभागिता थियो ।



किसानले हालै ल्याइएको कृषिसम्बन्धी विवादास्पद कानून फिर्ता गर्न सरकारसँग माग गरेका थिए । सो प्रदर्शन यसअघि गत नोभेम्बरमा अयोजित प्रदर्शन भन्दा पनि विशाल रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रदर्शनका लागि हजारौं किसानलाई बस तथा ट्याक्टरमा राखेर मुजफ्फानगर पु¥याइएको थियो । कृषिसम्बन्धी नयाँ नियमले किसानले आफ्ना उत्पादन बिक्री गर्न सहज पार्ने र उनीहरुलाइ थप स्वतन्त्रता प्रदान गरेको सरकारको दाबी छ । तर, यसले साना किसानलाइ ठूला कर्पोरेशनको पहुँचमा पुग्न कठिनाइ भएको आलोचकहरुले बताएका छन् । 

किसानको प्रदर्शनका कारण मुजफ्फरको सडक अस्तब्यस्त बनेको थियो । प्रदर्शनकारीले राजधानी नयाँ दिल्ली जाने सडक अबरोध गरेका थिए ।

प्रदर्शनलाई अनियन्त्रित हुनबाट जोगाउन सडकमा हजारौ प्रहरी तैनाथ गरिएको थियो । प्रदर्शनपछि आयोजित सभामा किसान नेताहरुले बर्तमान मोदी सरकार किसानबिरोधी भएको आरोप लगाएका थिए । सरकारले ल्याएको कानूनको बिरोधमा किसानहरुले आगामी २७ देशव्यापी आम हड्तालको घोषणा गरेका छन् ।

उत्तर प्रदेशमा आगामी बर्ष विधानसभा निर्वाचन हुँदैछ । निर्वाचन नजिकिँदै जाँदा किसानको प्रदर्शनले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई धक्का लाग्ने विश्लेषण हुन थालेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट