खाली पेटमा लसुन खाँदा के हुन्छ ?-Sutra News

खाली पेटमा लसुन खाँदा के हुन्छ ?

सोमबार, २१ भाद्र २०७८

सोमबार, २१ भाद्र २०७८

काठमाडौं- मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ ।



लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ । लसुनका विशेषताको अध्ययन गर्दा एन्टीबायोटिक हो भन्ने पत्ता लाग्यो । अझ खाली पेट लसुन खाँदा यसले पेटका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ ।

ग्यास्ट्रिकको समस्या भएकाले बिहान खाली पेटमा तातो पानीसँग लसुन खाँदा निकै फाइदा पुग्छ । लसुनका अन्य पनि धेरै फाइदा छन् ।

-लसुन खाँदा रक्तचाप स्थिर हुन्छ । यसले हाइपरटेन्सन पनि घटाउँछ ।

-लसुनले पेनकिलरको पनि काम गर्छ । शरीरको कुनै भाग सुन्निँदा पनि लसुनले फाइदा गर्छ ।

-लसुनले रगत पातलो बनाएर जम्नबाट रोक्छ ।

-लसुन नियमित खाँदा रुघाखोकी लाग्दैन ।

-स्नायुप्रणालीको गडबडीलाई पनि लसुनले रोक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट