काठमाडौँ । नेकपा एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा जनप्रतिनिधिहरु थपिने क्रम जारी रहेको छ । यता बैतडीका २० जना जनप्रतिनिधिले एमाले परित्याग गरेका छन् ।
उनीहरुले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयालले स्थानीय तहको निर्वाचनमा एमालेबाट जितेका २० जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेको जानकारी दिए ।