काठमाडौँ । जनता समाजवादी पार्टी जसपाका नेता बाबुराम भट्टराइले एमासीसी कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
सामाजीक संजालमा लेख्दै नेता भट्टराईले यस्तो बताएका हुन् ।
भट्टराईले तत्काल तीनवटा विषयमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राखेका छन्। उनले भारतलाई असल छिमेकी बनाउनुपर्ने, चीनसँग बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) र अमेरिकाको एमसीसी कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखेका छन्।
‘उच्चस्तरीय राजनीतिक/कुटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौं । चीनसँगका बीआरआई, पारवहन लगायत सम्झौता कार्यान्वयन गरौं ।’ उनले भनेका छन्, ‘अमेरिकासँग चिठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गरौं।’