नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले एमालेबाट छुट्टिएर एकीकृत समाजवादी पार्टी खोलेका माधवकुमार नेपालले मन्त्री बन्न र बनाउनकै लागि नयाँ पार्टी खोलेको बताएका छन् ।
सोमबार युथ फोर्सले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।
त्यस्तै उनले माधव नेपालले केही नेताहरु बोकेर एमालेसँग प्रतिस्पर्धा गर्न खोजेको बताएका छन् । कार्यक्रममा बोल्दै उनले भने, ‘मन्त्री बन्ने केही अवसरवादीहरु बोकेर नेपालले हामीलाई चुनौती दिन खोजिरहेका छन् ।’
त्यस्तै उनले अहिलेको देउवा सरकारले देशको हितमा केही पनि काम नगरेको र विदेशीसंग झुकेको आरोपसमेत लगाएका छन् ।