काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद् विस्तार भएपछि नेताहरुको चित्त नबुझ्ने र सरकार ढल्ने दाबी गरेका छन् । सोमबार युथ फोर्सले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकार ढल्ने डरका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले ५० दिनसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेको आरोपसमेत लगाएका छन् । उनले भने, सरकार विस्तार गर्दा यो सरकार नै पो ढल्छ भन्ने डर छ । ’