काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको १५ महिनाभित्रमा काँग्रेस सरकार देशबाट बाहिरिने बताएका छन् । सोमबार युथ फोर्सले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता ओलीले अबको १५ महिनाभित्र काँग्रेस सरकार बाहिरिने बताएका हुन् ।
उनले राष्ट्रियता पक्षका बोल्दा युवाहरूलाई पक्राउ गरेको तर नागरिकलाई विदेशीले यातना दिंदा केही नबोलेको आरोप लगाएका छन् । उनले भने, ‘राष्ट्रियतका लागि बोल्ने युवालाई यातना दिइन्छ । तर, आफ्ना नागरिकमाथि ज्यादती हुँदा चुइँक्क बोल्न सक्दैन ।’
त्यस्तै अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटा गठबन्धनको मतियार भएको आरोप लगाएका छन् । ‘ अग्निप्रसाद सापकोटा सभामुख हो कि गठबन्धनको मतियार हो ?’ उनले भने ।