नेपाल इयू चलचित्र महोत्सव असोजमा-Sutra News

नेपाल इयू चलचित्र महोत्सव असोजमा

सोमबार, २१ भाद्र २०७८

सोमबार, २१ भाद्र २०७८

काठमाडौं- आगामी असोज पहिलो साता नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सव २०२१ (नियुफ २०२१) आयोजना हुँदैछ । भर्चुअल स्ट्रिमिङ प्लाटफर्म ‘फेस्टिभल स्कोप’ मार्फत गरिने महोत्सवमा युरोपियन, नेपाली र हिन्दी सिनेमा देखाइने छ । महोत्सव नेपालका लागि युरोपियन युनियनको डेलिगेसनले आयोजना गर्न लागेको हो ।



महोत्सवको दशौँ संस्करण १ देखि ९ असोजसम्म हुनेछ । विभिन्न पुरस्कार जित्न सफल १५ चलचित्र तथा अन्य २४ चलचित्रहरू प्रदर्शन गरिनेछन् । महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल ११ युरोपेली चलचित्रहरू समावेश गरिएका छन् । यीमध्ये दुईवटा चलचित्रमा नेपाली भाषामा सबटाइटल राखिएका छन् । यस्तै, तीनवटा पुरस्कार जित्न सफल नेपाली चलचित्रहरू पनि देखाइने भएको छ ।

जसमा विनोद पौडेल निर्देशित बुलबुल, धोन्डुप छिरिङ निर्देशित आमा खन्दो तथा सर्जियो बास्सो निर्देशित सरिता छन् । महोत्सवमा देखाइने नन्दन सक्सेना तथा कविता भालद्वारा निर्देशित भारतको वातावरणीय चलचित्र ‘आई क्यान नट गिभ यू माई फरेस्ट’ उत्कृष्ट कृषि चलचित्र विधामा भारतको राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत चलचित्र हो । यस्तै, गणेश पाण्डे निर्देशित को-हसबेन्ड्स् पनि देखाइने छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट