काठमाडौं- काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा फेरि वर्षा सुरु भएको छ ।
आइतबार राति काठमाडौं उपत्यकामा भारी वर्षा भएको थियो । सोमबार दिउँसो काठमाडौंको मौसम सफा रहे पनि राति ९ बजेबाट पुन: वर्षा हुन थालेको छ ।
उत्तर पश्चिमी बंगालको खांडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै मनसुनी गतिविधि बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम मंगलबारसम्म प्रतिकूल रहने महाशाखाको पूर्वानुमान छ । आज राति वाग्मती प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।