पन्जशिरमा तालिबानले फहरायो विजयको झन्डा, देशव्यापी प्रतिरोध गर्ने विद्रोहीको चेतावनी-Sutra News

पन्जशिरमा तालिबानले फहरायो विजयको झन्डा, देशव्यापी प्रतिरोध गर्ने विद्रोहीको चेतावनी

मंगलबार, २२ भाद्र २०७८

मंगलबार, २२ भाद्र २०७८

काबुल- तालिबानले अफगानिस्तानको उत्तर पूर्वी क्षेत्रमा अवस्थित पन्जशिर प्रान्तमा भएको युद्धमा आफूहरू विजयी भएको घोषणा गरेको छ । सो उपत्यकामा तालिबान र त्यहाँका विद्रोही न्यासनल रेजिस्टेन्स फ्रन्टबीच चार दिनदेखि लडाइँ भएको थियो । काबुल कब्जा गरे पनि सो प्रान्तमा तालिबान पुग्न सकेको थिएन ।



सोमवार अबेर सार्वजनिक गरिएको एउटा भिडियोमा लडाकुहरुले तालिबानको झन्डा उचालेको देखिन्छ । तर, विद्रोही फ्रन्टले भने आफूहरु सबै रणनीतिक स्थानमा उपस्थित रहेको जनाउदै युद्ध जारी रहेको बताएको छ । उसले तालिबानबिरुद्ध देशव्यापी विद्रोह गर्ने चेतवानी दिएको छ ।

‘तपाईं जहाँ भए पनि तालिबानबिरुद्ध देशव्यापी विद्रोह गर्न आह्वान गर्छु’, फ्रन्टका नेता अहमद मसुदले भने । तालिबानलाई मान्यता दिने अन्तर्राष्ट्रिय समुदायप्रति उनले असन्तुष्टि जनाएका छन् ।

तालिबानले तीन साताअघि काबुल नियन्त्रणमा लिए पनि पन्जशिर उसको नियन्त्रण बाहिर थियो । करिब दुई लाख जनसंख्या भएको पन्जशिर उपत्यकालाइ चारैतिर डाँडाले घेरेको छ ।

यसअघि सन् १९८० को दशकमा रसिया र १९९६ मा मा तालिबानले गरेको हमलालाई पन्जशिरका मानिसले बिफल पारिदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट