काठमाडौं- भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुशेऔंसी पर्व आज मंगलबार मनाइँदैछ । आज घरघरमा कुश पनि भित्र्याइँदैछ । सनातन वैदिक हिन्दु धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि कुश आजै घरमा राखेर पूजा गर्छन् ।
ब्राहृमणहरू कुश पूजा गरेर छेदनसहित जजमानकहाँ पुर्याउँछन् । वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुशेऔंसी भन्ने गरिन्छ ।
आज छोराछोरीले आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ पर्वकाे रुपमा पनि लिइन्छ ।
तराई-मधेसमा पुरुषहरूले वर्षभरिका लागि पुग्ने कुश भित्र्याउँछन् । आज घरमूली बुवा, दाजु लगायतले बिहानै उठेर नहर, पोखरीको छेउ, खेत वा कुश पाइने ठाउँमा जान्छन् । कुश भित्र्याउँछन् ।